करिब ६ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५२ लाख ९६ हजार कित्ता सेयर ५ अर्ब ७४ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हाथ्वे इन्भेष्टमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जानकी फाइनान्सको १४ करोड ८२ लाख, एनआरएनको ११ करोड ३९ लाख, सीईडीबी हाइड्रोपावरको ९ करोड १४ लाख, न्याङदी ग्रुप पावरको ८ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स