नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिजबीच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. र आर्कबो टेक्नोलोजिज प्रा.लि. (आइटी कम्पनी) बीच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ। नेक्सजेन म्यानेजमेन्टको मैतिदेवि स्थित कर्पोरेट कार्यालयमा असार २४ गते उक्त सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापकरसञ्चालक भुषण गिरिले हस्ताक्षर गरे । सम्झौता पश्चात आर्कबो टेक्नोलोजिजको ब्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले काम गर्नेछ। यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधिहरू र उच्चस्तरीय सेवाहरूको पहुँचलाई अझ फराकिलो बनाउने विश्वास गरिएको छ।

आर्कबो टेक्नोलोजिज लामो समय सूचना तथा प्रविधि क्षेत्रमा अनुभव भएको ब्यक्तिहरूद्वारा प्रबर्द्धित तथा सञ्चालित आइटी कम्पनी हो। जसले बजारको बर्तमान तथा भविष्यको आवश्यकता पुरा गर्न योग्य, स्केलेबल र स्वचालित प्रणाली विकास, सञ्चालन तथा प्रबर्द्धन गर्दछ। हाल कम्पनीले क्तचबतभनष्अ एभयउभि ःबलबनझभलत क्थकतझ, इााष्अभ ब्गतयmबतष्यल क्थकतझ, ीभबचलष्लन बलम ःबलबनझभलत क्थकतझ, एभयउभि म्भखभयिऊभलत, इलष्लिभ भ्हबmष्लबतष्यल क्थकतझ जस्ता चर्चित कम्प्युटर सिष्टम विकास, प्रबर्द्धन र सञ्चालन गरिरहेको छ।

संसार नै डिजिटलमय भइरहेको छ। आर्टिफिसियल इन्टलिजेन्स भविष्यको लागि चुनौतीको रूपमा आउँदैछ। यस्तोमा नेपाली संघ संस्था र कम्पनीलाई नविनतम् प्रविधि सँग जोड्न जरूरी भैसकेको छ। आर्कबो टेक्नोलोजिजले आवश्यक सफ्टवेयर विकसित गर्ने र नेक्सजेन म्यानेजमेन्टले त्यसको बजारीकरण गर्ने गरि दुवै कम्पनीबीच साझेदारी भएको आर्कबो टेक्नोलोजिजका सञ्चालक भुषण गिरीले बताए।

सम्झौता अनुसार, नेक्सजेन म्यानेजमेन्टले अब नेपालभर ब्च्प्द्यइ त्भअजलययिनष्भक को सुचना प्रविधि सम्बन्धी प्रोडक्टहरूको पहुँच र प्रयोगलाई ब्यापकता दिन रणनितिक साझेदारी र सहयोग गर्नेछ।

पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले संचालनको छोटो अवधिमा लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ। नेपालभित्र पनि विभिन्न कम्पनीहरूसँग सम्झौता गरि नयाँ कम्पनी स्थापना, संचालित कम्पनीलाई आवश्यक पुँजी जुटाउन, रूग्ण उद्योग र बैंकर बीचमा समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स