ताप्लेजुङमा ४.४ म्याग्निुच्युडको भूकम्प

काठमाडौं । आज राति ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

भारी वर्षाको कारण दलदल भएको उक्त क्षेत्रमा भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स