राष्ट्र निर्माणमा युवाको भूमिका विषयेक तीन दिवसीय सेमिनार हुने

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिवसीय सेमिनार हुने भएको छ । विश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन लागेको हो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्दर्भमा हुन लागेको समिनारमा नेतृत्व विकास, चरित्र निर्माण, ब्यत्तित्व विकास स्थायी शान्तिको लागि पहलकदमी, दन्द्ध ब्यवस्थापन तथा आर्थिक विकासका बारेमा छलफल हुने छ ।

काठमाडौं महानगरपालिका वडा नं १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्र निर्माण सम्भव छ जब सबै युवाहरु राष्ट्रको विकासमा संलग्न हुन्छन् । राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्दर्भमा पनि सेमिनारमा छलफल हुने कार्यक्रमका संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालको भनाई छ ।

सेमिनारमा अन्तराष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संघिय सासद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रममा छ । सेमिनारमा युपीएफ, नेपाल, तंग इल मोदो संघ, विश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौं उत्यकाका १६ देखि ४० वर्ष सम्ममा युवा युवतीहरुको सहभागिता रहने छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स