साधना लघुवित्त र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै संस्थाले मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि आगामी असार २९ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने छ ।

मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्त्रीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका –१ डुम्रे तनहुँमा रहने छ ।

राष्ट्र बैंकले यी दुवै संस्थालाई गत असार १३ मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स