बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

गलकोट (बागलुङ) । अविरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोर मालढुंगा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।
यादवका अनुसार सडक डिभिजन कार्यालय बागलुङको सहयोगमा सडक खुलाउन पहल भइरहेको छ ।
कालीगण्डकी करिडोरको मालढुंगा–बेनी–जोमसोम सडक स्तरोन्नति भइरहेकाले मुस्ताङ जाने यात्रु तथा पर्यटकले उक्त सडक प्रयोग गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स