राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर घोषणा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि आव २०६९/७० सम्मको बोनसदर घोषणा गरेको हो ।

कम्पनीले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपैयाँ बोनसदर घोषणा गरेको हो ।

नेपाल बीमा प्राधिकरणले कम्पनीको सो अवधिसम्मको कायम रहेको १ लाख ६२ हजार ७२१ वटा बीमालेख संख्याको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नियामक निकाय गत माघ १७ गते स्वीकृति प्रदान गरेको थियो ।

कम्पनीले बीमा प्राधिकरणको स्वीकृति बमोजिम सञ्चालनमा ल्याएको सबै बीमालेखहरूमा आव २०८१/८२ को लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनसदर कायम गरेको हो ।

साथै बोनसदर बीमांकीय मूल्यांकनको आधारमा परिवर्तनशील रहने पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स