अमर्यादित व्यवहार गरेको भन्दै रास्वपाले गर्यो प्रवक्ता मुकुल ढकाललाई निलम्बन

काठमाडौं । अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ ।

बुधबार बसेको रास्वपको केन्द्रीय समिति बैठकले उनलाई सात दिनका लागि निलम्बन गरेको रास्वपाका सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको हो ।

झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स