लागुपदार्थ विरुद्ध जागरणको लागि ५ किलोमिटर यात्रा आयोजना हुँदै

काठमाडौं । मिरा राई इनिसियटिभको सहकार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२, २०८१ गते ५ कि.मि. यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यस कार्यक्रमको मुख्य उधेश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जनाएका छन् । उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ र विजेता हरुले ५० हजार बराबरको नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।

आज काठमाडौंमा आयोजना भएको एक समारोहमा मिरा राइले युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उधेश्यले गरिने यस्ता महत्वपूर्ण कार्यक्रमहरु देशैभरि गर्ने पर्नेमा जोड दिए ।

समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्न पर्ने र सरकारले पनि यस्ता विकृतिहरुलाई निर्मुल पार्नको लागि राष्ट्रिय स्तरको जनाचेतना कार्यक्रमहरु गर्न पर्नेमा जोड दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स