औपचारिक भ्रमणका लागि प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणको लागि प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरभणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका हुन् ।

उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा प्रधानसेनापति शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

उनले आजै भारतीय रक्षासचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरभणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्सल भिआर चौधरीसँग समेत भेटघाट गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति शर्मासहितको नौ सदस्यीय टोली कात्तिक २६ गते स्वदेश फिर्ता हुने सेनाले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स