एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डको आइतबार बसेको बैठकले पुरक परीक्षा साउन २३ देखि ३१ गतेसम्म संचालन गर्ने निर्णय गरेको थियो ।

यसअघि दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा हुने जनाइएको थियो । तर, शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई यस्तो निर्देशन दिएको हो ।

पुरक परीक्षाको नतिजा असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पुरक परीक्षा उत्तीर्ण हुने विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउने छन् ।

गत बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् ।

पूरक परीक्षाको बोर्डको वेबसाइट www.see.gov.np बाट आवेदन दिन सक्नेछन् । साथै, ग्रेडवृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ दस्तुर बुझाउनु पर्ने बोर्डले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स