अर्थ सचिवको रुपमा मधुकुमार मरासिनीले कार्यभार सम्हाले

काठमाडौं । नयाँ अर्थ सचिवका रुपमा मधुकुमार मरासिनीले कार्यभार सम्होलेका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मरासिनीले आज सोमबार पदभार ग्रहण गरेका हुन् । मरासिनीले यस अघि मन्त्रालय कै विभिन्न महाशाखामा बसेर काम गरिसकेका छन् ।

मरासिनीले कार्यभार सम्हालेसँगै निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानालाई विदाइ गरिएको छ । ढुंगानालाई मन्त्री जनार्दन शर्माले विदाइ गरेका हुन् । २०७६ कात्तिक देखि ढुंगाना अर्थ मन्त्रालयमा छन् । राजस्व सचिव हुँदै उनलाई अर्थ सचिव बनाइएको थियो ।

यसअघि पनि उनले मन्त्रालयकै विभिन्न महाशाखा र भन्सार विभागमा महानिर्देशकको रुपमा रहेका काम गरिसकेका छन् । वर्तमान देउवा सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरेको हो । यस अघि पनि उनले प्रधानमन्त्रीको कार्यालयमा रहेर कार्य सम्पादन गरिसकेका छन् । ढुंगाना माघमा सेवा निवृत्त हुँदैछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स