सातदोबाटो खुमलटारमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । ललितपुर महानगरपालिका २७ सातदोबाटो खुमलटारमा असार १५ गते शनिबार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महानगरको वडा नम्बर ९ र २७ का कार्यरत भरोसा युवा क्लबको आयोजना तथा शुभरोथ नेपाल प्रालि ललितपुरको प्राबिधिक सहयोगमा उक्त सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष पिटर कुमालको अध्यक्षता तथा वडा नम्बर २७ का वडा सदस्य रामदेवी महर्जनको प्रमुख आतिथ्यमासम्पन्न कार्यक्रममा राहुल तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शुभरोथ नेपालका कार्यकारी निर्देशक थानेश्वर कोइरालाले सहजीकरण गरेका थिए ।

उक्त क्षेत्रमा दुर्गम क्षेत्रका गरीब, विपन्न बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको भरोसा युवा क्लबले बालबालिकाहरुलाई छात्रबृत्तिसहित कम्प्युटर शिक्षा, कपाल काट्ने तालिम, म्युजिक क्लास, ट्यूशन क्लास, मावन बेचबिखन बिरुद्ध जनचेतनामूलक कार्यक्रमसहित बालबालिकाहरुको क्षमता अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पिटर कुमालले बताए ।

उक्त क्लबले २२ जना बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गर्दैै आएको छ भने अन्य अतिरिक्त क्रियाकलापहरुमा ७९ जना बालबालिका जोडिएका छन् । उक्त सामाजिक परीक्षण कार्यक्रममा क्लबको छात्रबृति पाएका बालिकाहरु स्वस्तिका शाही र राधिका चौधरीले कार्यक्रमबाट आफूहरुको जीवनमा निकै ठूलो परिवर्तन आएको बताएका थिए ।

त्यसैगरी क्लबका बोर्ड सदस्य शान्तिमाया तामाङले आगामी दिनमा पनि श्रोत साधनले भ्याएसम्म कार्यक्रमलाई निरन्तरता दिने बताइन् । स्थानीय बालकुमारी माविका शिक्षक सूर्यकुमार राई र प्रमुख अतिथि वडा सदस्य रामदेवी महर्जनले भरोसा क्लबको कार्यक्रम प्रभावकारी देखिएकाले आफूहरु पनि सहकार्य गर्न तयार रहेको बताए ।

उक्त सामाजिक परीक्षण कार्यक्रममा प्राबिधिक सहयोग उपलब्ध गराएको सुभरोथ नेपालका कार्यकारी निर्देशक थानेश्वर कोइरालाले २०७७ सालमा स्थापित भरोसा युवा क्लबले नीति नियम भित्र रहेर प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गरिरहेको भन्दै परियोजनका सवल पक्ष र सुधार गर्नु पर्ने पक्षका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स