हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओमा अञ्जु श्रेष्ठ, सीईओ विजय शाह पदमुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले निमित्त सीईओको जिम्मेवारी दिएको हो।उनलाई बिहीबारदेखि नै लागू हुने गरि निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर शुरू गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा दुई दशक लामो अनुभव छ। साबिक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जरपछि उनी कम्पनीमा नायब सीईओमा कार्यरत थिइन् ।

बैठकले सीईओ विजय बहादुर शाहलाई असार १३ गते बिहीबारदेखि लागू हुने गरि पदमुक्त गरेको छ । उनको ४ वर्षे कार्यकाल छँदै पदमुक्त भएका हुन् ।

शाह वि.सं २०७८ फागुन १ गते कम्पनीको सीईओमा नियुक्त भएका थिए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स