एसईईको नतिजा सार्वजनिक, यी १५ तरिकाबाट थाहा पाउन सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै, ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६.२५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने छ ।

आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच ठाउँको एसएमएस रहेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसएमएसबाट हेर्न मिल्नेमा नेपाल टेलिकम (१६००), स्विफ्ट टेक्नोलोजी (३४४५५), जानकी टेक्नोलोजी प्रालि (३५००१), इजी सर्भिस प्रालि (३४९४९), आकाश टेक प्रालि (३१००३) रहेको छ । नेपाल टेलिकमको भने आईभीआर बाट समेत थाहा पाउन सकिने छ ।

वेवसाइटबाट हेर्न सकिनेमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट, राष्ट्रिय परीक्षा बोर्ड सानोठीमिको वेवसाईट, नेपाल टेलिकमको वेवसाईट, स्विफ्ट टेक्नोलोजीको वेवसाईट, इडियु संजालको वेवसाइट, कान्तिपुर पब्लिकेशनको वेवसाइट रहेका छन् ।

त्यस्तै गरि खल्ति प्रालि, इसेवा लिमिटेड, फोनिक्स एजुकेशन फाण्डेशन , एनसेल आजियाटा लिमिटेडको वेवसाईटबाट समेत हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स