काठमाडौं । सुनचाँदी व्यवसायीहरु बुधबार आन्दोलनमा उत्रिएका छन् ।
सुन व्यवसायीहरुले आफ्नो व्यवसाय बन्दगरि आफ्नो तीन वटा एजेण्डा समावेशगरि आन्दोलनमा उत्रिएका हुन् ।
पहिलो विषय जर्तीमा छुट दिन मिल्दैन । दोस्रो सुनलाई विलासिताको वस्तुबाट हटाउनुपर्ने छ । जुन मानव जीवनमा आवश्यक वस्तु भएकोले विलासी वस्तुको रुपमा पहिचान गराउन मिल्दैन भन्ने छ ।
तेस्रो आगामी आर्थिक वर्षको बजेट माफर्त भन्सारदर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएकोमा आपत्ती रहेको छ ।
आज बुधबार दिउँसो ११ बजे पदयात्रा तथा र्याली आरएनसी भवन नजिकबाट ईन्द्रचोक हुँदै असनसम्म पुग्नेको थियो।