घट्यो दुवै सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय १५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १७ सय ९० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स