अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर, को कहाँ ?

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मंगलबार पाँच जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यविरूद्ध अन्तःशुल्क स्टिकर खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि अर्थमा सहसचिवहरूको सरूवा भएको हो ।

मन्त्रालयका सहसचिव नरेन्द्र रानालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख, नारायण सापकोटा र सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा जिम्मेवारी दिइएको छ।

यसैगरी, सहसचिव रामकुमार महतोलाई भने भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयका दुई सहसचिवलाई आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि निलम्बनमा परेका छन् ।

शाक्य अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारीमा थिए भने पाण्डे भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारीमा थिए। सहसचिव टोकराज पाण्डेको भने विभाग तोकिएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स