काठमाडौं । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेश शाक्यविरुद्ध मुद्दा दायर भई निलम्बनमा परेपछि उनको स्थानमा नरेन्द्र रानालाई जिम्मेवारी प्रदान गरिएको छ ।
शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अदालतमा मुद्धा दायर गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अन्य महाशाखा प्रमुख पनि परिवर्तन गरेका छन् ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई दिइएको छ।
नारायणप्रसाद सापकोटा महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको हो ।
महालेखा नियन्त्रक कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीको सरुवा भएपछि सापकोटालाई त्यहाँ सरुवा गरिएको हो ।
आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक सुशीला अर्यालको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएको छ ।
भन्सार विभागको उपमहानिर्देशकका रुपमा सहसचिव रामकुमार महतो पुगेको अर्थमन्त्रालयले जनाएको छ ।