त्रिभुवन विमानस्थल आगामी कार्तिकदेखि दैनिक १० घण्टा बन्द हुने, यस्तो छ कारण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थल आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुने भएको हो ।

विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बे लगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ ।

विमानस्थल कात्तिक २३ गतेदेखि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ ।

उक्त समयमा विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने छ । उक्त कार्य पाँच महिना अवधिसम्म चल्ने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स