बोतलको विषयमा कुरा नमिल्दा पर्यटन बोर्डका (सीइओ) रेग्मीले गरे भन्सारका कर्मचारीमाथि हातपात

काठमाडौं । नेपाल पर्यटन बोर्डका (सीइओ) धनञ्जय रेग्मीले भन्सारका कर्मचारीमाथि दुर्व्यवाहार गरेका छन् । लण्डनबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारका कर्मचारीलाई उनले हातपात गरेका हुन् ।

रेग्मीले ६ वटा बोतल मदिरा ल्याएको विषयमा विवाद हुँदा रेग्मीले भन्सारका कर्मचारीलाई हातपात गरेका थिए ।

रेग्मीले भने आफूले नियमपूर्वक १ बोतल ल्याएको र ६ जनाको बोतल आफूले बोकेको बताए ।

भन्सार ऐन २०६४ मा विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, डा. रेग्मीले ६ बोतल ल्याएपछि उक्त मदिरा जफत गरिएको विमानस्थल भन्सार स्रोतले बताएको छ ।

रेग्मी लण्डनमा सुरु भएको ३ दिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स