सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो

काठमाडौं । बुधबार पनि छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स