पहिरो खस्दा ट्रकै पुरियो

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा एक्कासि पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।

ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यान्त्रिक कार्यालय मूलकोट र गोलन्जोर गाउँपालिकाको सहयोगमा एक्स्काभेटर मगाएर बुधबार बिहानदेखि नै पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । सोही मार्गअन्तर्गत वडा नम्बर–६ को अक्करे भीरमा समेत लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध बनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स