यी सात माग सम्बोधन नहुँदा पेट्रोलको हाहाकार

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरुको माग सम्बोधन हुन नसक्दा पेट्रोल र डिजेलको अभाव भएको छ । धेरै पेट्रोल पम्पले तेल वितरण गर्न सकेका छैनन् । सरकारी पेट्रोल पम्पमा भने लामो लाईन देखिएको छ ।

सवारीधनीहरु ३/४ घण्टासम्म लाईन बसेर इन्धन लिन बाध्य भएका छन् । ट्यांकर चालकहरुले जेठ ३२ गतेदेखि नै आन्दोलको कार्यक्रम घोषणा गरेर आन्दोलमा गएका छन् ।

उनीहरुले ७ वटा माग राखेका छन् । जसमा मजदुरको आधारभूत विषयको मागदेखि स्वरोजगार ट्यांकर व्यवसायीहरुको नविकरण रोक्न समेत भनिएको छ ।

के-के छन् सात माग
१. सम्पूर्ण ट्यांकर चालक र सहचालक मजदुरहरुको श्रम एन अनुसार नियुक्ती पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलवको व्यवस्था गरिनु पर्ने ।

२. स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नविकरण खारेज गरिनु पर्ने ।

३. टेम्प्रेचरको सहि व्यवस्थापन गरिनु पर्ने ।

४. सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्ने ।

५. ५० लिटर भन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने ।

६. चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनु पर्ने ।

७. चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्वन्धि तालिमको व्यवस्थापन गरिनु पर्ने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स