धितोपत्र बोर्डले नेतृत्व पाउँदै, अध्यक्षको लागि अन्तरवार्ता आव्हान

काठमाडौं । सेयरबजार नियमन गर्ने निकाय नेपाल धितोपत्र बार्डले नेतृत्व पाउने भएको छ । लामो समयदेखि नेतृत्व विहीन रहेको बोर्डले अब एक दुई दिनमै अध्यक्ष पाउने भएको हो ।

 अन्तिम ५ जनाको सूचि तयार भएर रोकिएकोमा अध्यक्ष नियुक्तिको प्रक्रिया अब सुरु भएको छ । अन्तरवार्ताको लागि अइतबार बोलाइएको हो ।

 आइतबार बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा अन्तरवार्ताको लागि बोलाइएको सूचना जारी भएको हो ।

 बोर्ड अध्यक्ष बन्नका लागि कृष्ण बहादुर कार्की, चिरन्जीवी चापागाई, सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारी प्रतिष्पर्धी सहभागी छन् ।

 छनौट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीन  मध्येएक जनालाई मन्त्रिपरिषदले अध्यक्ष नियुक्ति गर्नेछ ।  

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स