काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदको अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।