११ वाणिज्य बैंकले ब्याजदर घटाउँदा ३ वटाले बढाए, अरुको यथावत

काठमाडौं । बैंकहरुले असार महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको अघिल्लो महिना नै ब्याजदरको जानाकारी दिनुपर्ने प्रावाधान अनुसार आज बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

आज  सार्वजनिक भएको ब्याजदर अनुसार ११ वटा वणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै गरि तीन वटा वाणिज्य बैंकले पनि बढाएको पाइएको छ । भने अन्य वाणिज्य बैंकहरुको भने यथावत राखेका छन् ।

वाणिज्य बैंकहरुको मुद्दती निक्षेत्पको अधिकतम दर हेर्ने हो भने कृषि विकास बैंकले ५ दशमलव ६६ प्रतिशत ब्याज प्रदान गरेको छ । यो जेठ महिनाकै दर हो ।

एनआईसी एशिया बैंकले जेठ महिनामा ७ दशमलव ८ प्रतिशत ब्याज दिएकोमा अहिले घटाएर ६ दशमलव ६९ प्रतिशत कायम गरेको छ । हिमालयन बैंकले भने ब्याजदर बढाएको छ । जेठ महिनामा ७ दशमलव ५ प्रतिशत ब्याज प्रदान गरेकोमा अहिले ८ दशमलव २५ प्रतिशत कायम गरेको छ । यो सबै भन्दा धेरै ब्याज हो ।

एभरेष्ट बैंकले जेठमा ६ दशमलव ५ प्रतिशत ब्याज दिएकोमा घटाएर असारको लागि ५ दशमलव ७५ प्रतिशत ब्याज दिने सूचना जारी गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ६ दशमलव ४ प्रतिशत ब्याज दिएकोमा घटाएर ६ दशमलव २२ प्रतिशत ब्याज दिने बताएको हो ।
नेपाल एसबीआई बैंकले ६ दशमलव ३९ प्रतिशत ब्याज प्रदान गरेकोमा थोरै घटाएर ६ दशमलव ३ प्रतिशत कायम गरेको छ ।

ग्लोबल आईएमई बैंकले ७ दशमलव ५ प्रतिशत ब्याज जेठ महिनामा प्रदान गरेकोमा असार महिनाको लागि ६ दशमलव ५ प्रतिशत कायम रहेको छ ।
लक्ष्मी सनराइज बैंकले ७ प्रतिशतको ब्याजदरलाई ६ दशमलव ५ प्रतिशत कायम राखेको छ ।
प्राइम बैंकले ७ प्रतिशत ब्याज प्रदान गरेकोमा ६ दशमलव ७५ प्रतिशत कायम राखेको हो ।

नेपाल बैंकले ६ दशमलव ७५ प्रतिशतको ब्याजदरलाई यथावत राखेको छ । कुमारी बैंकले ७ दशमलव २६ प्रतिशतको ब्याजदरलाई असारमा ६ दशमलव ७५ प्रतिशत बनाएको छ ।

सानिमा बैंकले ६ दशमलव ९ प्रतिशतको ब्याजदरलाई ६ दशमलव ८ प्रतिशत बनाएको छ । सिटिजन्स बैंकले ७ प्रतिशतको ब्याजदरलाई ६ दशमलव ९ प्रतिशत कायम गरेको छ ।
सिद्धार्थ बैंकले ७ प्रतिशतको ब्याजदरलाई यथावत राखेको छ ।

नबिल बैंकले ब्याजदर बढाएको छ । ६ दशमलव ७५ प्रतिशतको ब्याजदरलाई ७ प्रतिशत पुर्याएको छ ।
प्रभु बैंकले ७ दशमलव ५ प्रतिशतको ब्याजदरलाई यथावत राखेको छ ।

माछापुच्छ्रे बैंकले ७ दशमलव २५ प्रतिशतको ब्याजदरलाई ७ दशमलव ५ प्रतिशत बनाएको हो ।
त्यस्तै गरि एनएमबी बैंकले ७ दशमलव ८ प्रतिशतको ब्याजदरलाई ७ दशमलव ६९ प्रतिशत कायम राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स