सेवा नै धर्म हो भन्दै इजी डेन्टलले एक महिना सम्म निःशुल्क शिविर संचालन गर्ने

काठमाडौं । सेवा नै धर्म हो भन्दै इजी डेन्टलले एक महिना सम्म निःशुल्क शिविर संचालन गर्न लागेको छ ।

दाँत तथा मुखको उपचार महँगो छ भन्ने कुरा धेरै जनाले गर्दै गर्दा उपचार बाट आर्थिक कारणले बन्चित हुन् नपरोस सबैको लागि सहज होस् सुलभ होस् भन्ने उदेश्यका साथ यहि असार १ गते देखि ३१ सम्म एक महिने शिविर संचालन गर्न लागेको हो ।

समाज र स्वास्थ क्षेत्रमा लामो समय अनुभव लिएका संचालकबाट संचालित यस इजी डेन्टलले शुभारम्भ को अवसरमा शिविर संचालन गर्न लागेको यस इजी डेन्टलका निर्देशक अजय रेग्मीले बताएका छन् ।

शिविरमा गरिने उपचारहरु :
१. निःशुल्क नाम दर्ता, चेक जाँच तथा परामर्श
२. निःशुल्क दाँत सफा गर्ने
३. निःशुल्क ११ वर्ष सम्मका बच्चा र ७५ वर्ष माथीका जेष्ठ नागरीकको दाँत निकाल्ने
४. निःशुल्क मुखको क्यान्सर सम्बन्धि चेक जाँच
५. दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा छूट
६. जरा देखिको उपचार जम्मा मात्र ३५०० रूपैयाँ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स