काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहे पनि सत्ता समिकरण भने परिवर्तन भैरहेको छ । एउटै सत्ता समिकरणमा पनि पकटकपक मन्त्रीहरु परिर्वतन हुँदै आएका छन् ।
अहिले फेरि मन्त्रीमण्डल परिवर्तन को विषय उठान भएको छ । सरकार नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन चाहिरहेको छ ।
यहि बेलामा मन्त्रीहरु समेत परिवर्तनको चर्चा भएको हो । तर, कुन मन्त्री वा कुन पार्टीका मन्त्रीहरु परिवर्तन हुने भन्ने विषय सतहमा आएको भने छैन । पछिल्लो समय अर्थमन्त्रीसँग प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रुष्ट रहेका छन् ।
उनले भनेका व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती दिन अर्थमन्त्री वर्षमान पुनले मानिरहेका छैनन् ।
केपी शर्मा ओलीले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउन चाहिरहेका छन् । तर अर्थमन्त्री भने ठिक विपरित श्रेष्ठलाई नै रोक्न लागि परेका छन् । यसरी कुरा नमिल्दा केपी शर्मा ओली अर्थमन्त्री नै परिवर्तनको विकल्पमा जानसक्ने आशंका छ ।
वर्षमान पुनलाई अर्थमन्त्रालयको सट्टामा अन्य मन्त्रालय दिन सक्ने विकल्पमा ओली रहनसक्ने देखिएको छ । बजेट पास भैसकेपछि उक्त विकल्पमा लान सकिने कुरा भैरहेको चार्चा छ ।
तर नेकपा एमालेसँगको सहकार्यसरकार बनाउनको लागि वर्षमान पुनको भूमिक रहेको छ ।