काठमाडौं । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले आईपीओ गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट र सनलाइफ क्यापिटललाई नियुक्त गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटलको तर्फबाट सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले सेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका छन् ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४५ लाख कित्ता अर्थात् कुल ४५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।
कम्पनीले कृषि एवं खाद्य सामाग्री उत्पादन, व्यापार तथा वितरण, सामुदायिक खेती, होटल तथा पर्यटन, कृषि, शिक्षा, र स्वच्छ उर्जा लगायत विविध क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको छ ।