बौद्धमा खुल्यो चार तारे होटल लर्ड्स प्लाजा

काठमाडौं । बौद्धमा चार तारे होटल लर्डस प्लाजा संचालनमा आएको छ । भारतका विभिन्न शहरमा चेन होटलका रुपमा सेवा प्रदान गरिरहेको होटल लर्डस प्लाजले काठमाडौंको बौद्धमा तेस्रो नयाँ शाखा विस्तार गरेको नेपालका लागि होटल सञ्‍चालक सेलेज एन टेरीले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

सञ्‍चालक सेलेजले होटल लर्डसले विभिन्न क्याटोगरीमा होटलहरु संचालनमा गरिरहेको बताए । भारतको १४ राज्यमा ६० वटा चेन होटलका रुपमा सेवाहरु उपलब्ध गराईरहेको छ । सञ्‍चालक टेरीले भने, ‘नेपालको काठमाडौंको महाकाल रामहिटिमा लर्ड्स इको इनका नाममा विगत २ वर्ष देखि तीन तारे होटल संचालनमा रहेको छ । विरगन्जमा विगत ५ वर्ष देखि दियालो लर्ड्स प्लाजाको नाममा चार तार तारे होटल संचालनमा रहेको छ । योसँगै हामीले पोखरा,भैरहवा र नेपालगन्जमा समेत सेवा विस्तारको तयारी गरेका छौँ ।’

बौद्धमा रहेको चार तारे होटल लर्ड्स प्लाजामा गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न क्याटोगरीका ६० वटा रुमहरु रहेका छ्न् । साधारण कोठाहरुको ६५ डलर र डिलक्स कोठाहरुको २५० डलर रहेको छ । यो होटेल नेपाल,भारत र अमेरिकामा शाखा होटल विस्तारको गरेको टेरीले बताए ।

नेपाल धार्मिक, सास्कृतिक तथा साहसिक पर्यटनको हबका रुपमा चिनिरहेकोमा यो सेवाले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास होटलले लिएको टेरीले बताए । टेरीले भने २०८१ जेठ ३० गतेबाट हामिले सेवा शुभारम्भ गरेका छौं । अहिलेदेखि नै हाम्रो बुकिङ जारी रहेको छ । गुणस्तरीय सेवा प्रदान गर्दै ग्राहकको मन जित्ने हाम्रो प्रयास जारी रहनेछ । हरेक ग्राहकलाई यहाँ केही न केही सरप्राइज उपहार पाउने टेरीले दाबी गरेका छन् ।

बौद्ध आफैमा बुद्ध धर्मावलम्बीको लागि एउटा महत्त्वपूर्ण ठाउँ भएको र यो क्षेत्रमा होटलहरुको संख्यासमेत बढिरहेको सन्दर्भमा होटल लर्ड्स प्लाजाको आगमनले थप पर्यटकीय गतिविधि समेत बढ्ने सम्भावना बढाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स