राष्ट्र बैंकद्वारा साधना र सबैको लघुवित्तलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।

राष्ट्र बैंकले जेठ २९ गते यी दुई संस्थालाई ‘साधना लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार शुरु गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुई संस्थाबीच गाभ्ने/गाभिने सम्झौतामा २०८० भदौ १५ गते हस्ताक्षर भएको थियो ।

यी दुई संस्थाबीच २०८१ वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यिनीहरुले १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।

प्रारम्भिक समझदारी अनुसार नयाँ कम्पनीको सञ्चालक समितिको अध्यक्षमा हालको साधना लघुवित्तका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका सीईओ हुनेछन् ।

सन् २०१७ अक्टोबर ३० देखि सञ्चालनमा आएको साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ छ । यता सन् २०१७ जुलाई १४ देखि सञ्चालनमा आएको सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ छ ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/06/1.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स