सल्यान । सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमा मृत्यु ८ जनाको सनाखत भएको सल्यान प्रहरीले जनाएको छ ।
सनाखत हुनेमा सल्यान शारदा नगारपालिका-१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका-६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका-२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेका छन् ।
त्यस्तै मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका–४ दाङका ६० वर्षीया डुली देउले, बबई गाउँपालिका–६ का पन्चकुलेकी ७० वर्षीया कलावती बुढा, घोराही उपमहानगरपालिका नारायणपुरकी-६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी गाउँपालिका-२ का तिलक ओली रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो ।
बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले मृतक तथा घाइतेको विवरण संकलन गरिरहेको जनाएको छ ।