काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
कामपाले आज एक सूचना जारी गर्दै करार सेवामा १३७ जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।
कामपाले नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०/८१/०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्ने गरी आवेदन माग गरेको हो ।
नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने छ ।
दरखास्त पेस गर्दा वैकल्पिक दर्ता नम्बर खुलेको ढाँचा बमोजिमको निवेदन र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ ।