आज बैंकहरुको क्यूआर ट्रान्सफरसहितका अनलाइन सेवा ४ घण्टा अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं । आज बैंकहरुको क्यूआर ट्रान्सफरसहितका अनलाइन सेवा ४ घण्टा अवरुद्ध हुने भएको छ ।

भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको हो ।

आज जेठ २८ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने भएको हो। ‘फोन पे’ को सेवा अवरद्ध हुँदा उक्त नेटवर्क प्रयोग गर्ने सम्पूर्ण विदुतीय भुक्तानी प्रभावित हुनेछ ।

फोनपेको नेटवर्क समस्या हुँदा अधिकांश कयूआर स्क्यान मार्फत हुने भुक्तानी लगायत फोन पे मार्फत हुने अन्तर बैंक भुक्तानी जस्ता डिजिटल बैंकिङ सेवा प्रभावित हुनेछ ।

‘फोन पे पेमेन्ट सर्भिस लिमिटेडको डेटाबेस अपग्रेट गर्नु पर्ने भएको हुँदा उक्त समयावधिका लागि फोनपेको सबै सेवाहरु अवरुद्ध हुने व्यहोरा आदरणीय सदस्य संस्थाहरु तथा सेवाग्राहीहरुलाई जानकारी गराउन चाहन्छौं’ सूचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स