काठमाडौं । स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीको ७ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
पक्राउ पर्नेमा काठमाडौं कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, केल टोलका ६७ वर्षीय सुवर्ण सेलालिक र नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं रहेका छन् ।
बासुदेवमान सञ्चालक समितिका अध्यक्ष, सुवर्ण सचिव र धर्मरत्न सदस्य हुन् ।
प्रहरीले पक्राउ परेकाहरू विरुद्ध सहकारी ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ ।