काठमाडौं । प्रहरीले दुई महिलालाई नक्कली नोटसहित पक्राउ गरेको छ ।
प्रहरीले एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई पक्राउ गरेको हो ।
आइतबार प्रहरीले कलंकीस्थित ह्वाइट र्याबिट रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।