आइतबार नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने

काठमाडौं । आइतबार नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने भएका छन् । शुक्रबार उनी भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

शुक्रबार उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

शुक्रबार बसेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएका सांसदहरूको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो।

त्यसपछि उनले राष्ट्रपति मुर्मुसमक्ष नयाँ सरकार गठनको दावी पेस गरेका थिए। सो दावी पछि मोदी भारतको प्रधानमन्त्रीको शपथ लिने भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स