काठमाडौं । जाजरकोटमा धक्का महसुस भएको छ ।
बिहीबार बिहान ७ः३८ मिनेटमा ३.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जाजरकोट आसपासमा सामान्य महसुस भएको थियो ।
यसअघि कात्तिक १७ गते जाजरकोकोटको रामीडाँडा केन्द्र भई ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।