तीन दिनमा ६ किलो चाँदी र डेढ सय किलो सुन बिक्यो

काठमाडौं । तिहारको तीन दिनमा ६ सय किलो चाँदी र डेढ सय किलो सुन बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारको तीन दिनमा बजार ह्वात्तै बढेरको हो ।

धनतेरस, त्यसको अघिल्लो दिन र लक्ष्मीपूजाको दिन दैनिक २ सय किलो चाँदी र ५० किलो सुन बिक्री भएको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

‘यो वर्ष सोचे अनुरुपनै बजार बढेको छ,’ उनले भने, २ वर्षयताकै राम्रो व्यापार हो ।’ गत वर्ष कारोनाका कारणले बजार त्यति बढ्न सकेको थिएन, तर यो वर्ष भने बजार राम्रो भयो ।

दशैं अघिदेखि नै बढ्न थालेको बजार तिहारमा अझ बढेको उनले बताए । यो कार्तिकमा केही बजार सुस्त भएपनि मंसिर लागेपछि बजारले उचाइ लिने विश्वास उनले व्यक्त गरे । मंसिर लागेपछि दैनिक ४० किलोको हाराहारीमा सुन बिक्री हुन्छ,’ उनले भने ‘तर बजारमा सुन सहज छैन ।’

१ हजारदेखि १५ सयको हाराहारीमा बढी तिरेर सुन खरिद बिक्री भइरहेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । सुन नहुँदा बजारमा काला बजारीले प्रशय पाएका छन्,’ उनले भने ‘बढी मूल्य तिरेर भएपनि उपभोक्ता सुन किन्न बाध्य छन् ।’

तिहारको लागि नेपाल राष्ट्र बैंकले समेत चाँदीको सिक्काहरू बिक्री गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स