काठमाडौं । त्रिवेणी मोटोकर्प प्रा.लि.ले ललितपुरको बालकुमारीमा डो·फे· इलेक्ट्रिक भेहिकल्सको लागि शोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डो·फे· अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको हो ।
डो·फे· अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा बिक्री वितरण हुदै आएको छ ।
हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डो·फे· इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु बिक्री वितरण सुरु गरेको छ ।
बिजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सबै पक्षको समान लाभको लागि कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्पले लिएको जनाएको छ ।
११ सिट क्षमताको ई.भी. माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी रेञ्ज प्रदान गर्दछ । त्यसैगरी १४ सिट क्षमताको ई.भी. माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी. को रेञ्ज प्रदान गर्दछ । डो·फे· का सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. व्याट्रि जडित रहेका छन् ।
कंम्पनीले उक्त रेञ्जहरु ४० कि.मी.प्रति घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० कि.मि. को रेञ्ज सजिलै पाइने जनाएको छ ।
त्रिवेणी मोटोकर्पले डो·फे· इलेक्ट्रिक भ्यानहरु नेपाल भरि बिक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ । सवै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कंम्पनीले जनाएको छ । कंम्पनीले ग्राहकहरुलाई चार्जिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ स्टेशनहरु आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।
त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स, ईटहरीमा ईष्टर्न मोटर्स, जनकपुर तथा विरगञ्जमा नारायणी अटोकर्प, पोखरामा अटोवेज, धनगढीमा प्राप्ती मोटर्स, नारायणघाटमा स्मार्ट अटो, ललितपुरमा स्मार्ट अटो, भक्तपुरमा जी.इ.भी. नेपाल मार्फत आफ्ना गाडीहरुको बजारीकरण गरिने जनाएको छ ।
त्रिवेणी मोटोकर्पले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसवाट बिक्री पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग डो·फे· गाडी छनौट गर्न सकिने छ भनी कम्पनीले जनाएको छ । कम्पनीले सर्भिस सम्बन्धी व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध पनि गरेको छ ।