अग्रिम आयकरले दाल, चामल र पिठोको मूल्य बढ्ने

काठमाडौं । सरकारले यस वर्ष अग्रिम आयकरको नयाँ व्यवस्था आउँदा दैनिक उपभोग हुने खाद्य वस्तुको मूल्य बढ्ने चेतावनी आएको छ । धान प्रशोधन उद्योग, दाल उद्योग र गहुँ प्रशोधन उद्योगहरुले मूल्य वृद्धि गर्न बाध्य हुने बताएका हुन् ।

दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी बिक्री वितरण गर्ने चामल दाल उद्योगको कच्चा पदार्थ धान र दाल गेडागुडी आयातमा २.५ देखि १० प्रतिशत अग्रिम आयकर लागेको छ । उद्योगको लागि अग्रिम आयकर लगाउन नहुने उद्योगीहरुले बताएका छन् ।

औद्योगीक प्रयोजनको लागि आयात हुने कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा तयारीको तुलनामा कम्तिमा पनि १ तहको भन्सार दर फरक हुन्छ भन्ने विषय एकातिर रहेको खण्डमा अर्को तिर अग्रिम कर लगाउँदा उद्योगीहरु मारमा परेको गुनासो आएको हो ।

दाल प्रशोधन गर्ने उद्योगको हकमा ५ वर्षदेखि १ तहको सुविधा खोजिएको अवस्था थियो । तर यसको विपरित तयारी दाल र कच्चा पदार्थ आयातमा समान १० प्रतिशत यथावत रहेको र सोमा थप १० प्रतिशत अग्रिम आयकरको भार थप हुँदा दाल उत्पादन गर्ने उद्योग सिधा मर्कामा परेको उद्योगीहरुले बताएका हुन् ।

त्यस्तै गरि धान प्रशोधन गर्ने उद्योगको हकमा समेत अग्रिम आयकर लागेको छ । औद्योगीक प्रयोजनको लागि आयात हुने कच्चा पदार्थ (धान) मा यस आर्थिक विधेयक २०८१ मा २ दशमलव ५ प्रतिशत अग्रीम आयकर लागेको छ । धान आयात गरी चामल उत्पादन गर्ने उद्योग सिधा मर्कामा परेको छ ।

भारत बाट आयात हुने तयारी धान र व्यापारीहरु बाट आयातहुने तयारी चामल दुबैको भन्सार महसुल र अग्रीम आयकर करिव करिव वरावर नै हुन व्यवसायीको भनाई छ । यसले स्वदेशी चामल उद्योग धारासाही हुने देखिन्छ ।
गहुँ प्रशोधन उद्योगसमेत मारमा परेको बताइएको छ ।

२ दशमलव ५ प्रतिशत अग्रिम आयकर तिर्न पर्दा पिठो महँगो पर्ने बताइएको छ । उद्योगीहका अनुसार गहुँबाट पिठो, सुजि , चोकर , मैदा लयातका वस्तुहरु हुने र ती सबै महँगो हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स