काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नलका डेपुटी सीईओ पारस काफ्लेको श्रीलंकमा निधन भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्सको कार्यक्रममा सहभागी हुन श्रीलंका पुगेका काफ्लेको हृदयघातका कारण निधन भएको हो ।
५० वर्षीय काफ्लेलाई छाति दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको काफ्लेको स्वास्थ्य उपचार पछि केहि सुधार समेत भएको थियो । यो बीचमा काफ्लेले घरमा परिवारसँग कुरा समेत गरेका थिए । तर, स्वास्थ्यमा थप समस्या देखिएपछि पुन अस्पताल लगिएको थियो ।
दोस्रो पटक अस्पताल लैजादा स्वास्थ्य अवस्था थप बिग्रिएपछि काफ्लेको निधन भएको बैंकका कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले जानकारी दिए । काफ्लेको पार्थिव शरिर नेपाल ल्याउने तयारी भैरहेको छ ।
काफ्ले बैंकिङ क्षेत्रमा दुई दशकदेखिदेखि सक्रिय थिए। उनले विज्ञताका क्षेत्रहरु व्यापार लगानी, कर्जा प्रवाह तथा सञ्चालन, शाखा व्यवस्थापन, बैंक सञ्चालन र कर्पोरेट÷साना तथा मझौला उद्यमव्यव स्थापन, सञ्चालन जोखिम व्यवस्थापन आदि क्षेत्रमा सफलतापूर्वक भुमिका निर्वाह गरेका थिए । बैंकले एक होनहार बैंकर गुमाएकोमा दुख व्यक्त गरेको छ ।