गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ अर्ब बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको दाबी गर्दै गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले मेयर महर्जनसहित चार कर्मचारी र नौ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

उनीहरुमाथि १ अर्ब ४ करोड रुपैयाँ बिगो माग दाबीसहितको आरोपपत्र विशेष अदालतमा पेश गरिएको छ।

अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै अरु पाँच वटा छुट्टा/छुट्टै मुद्दा पेश गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स