हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरिएको छ ।

बैंंकले उक्त शाखा स्थानान्तरण गरि रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङबाट आज जेठ २० गते देखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी संचालनमा ल्याएको हो ।

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका छन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएमः, ६,५०० भन्दा बढी पीओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स