काठमाडौं । ११.११ को पूर्वसन्ध्यामा दराजले ११ सेलिब्रेटीहरू सहित दराज प्रयोगकर्ताहरूका लागि गाला लाइभ आयोजना गर्ने भएको छ । यस कार्यक्रममा नेस स्टुडियोको सांगीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलहरू र दराज प्रयोगकर्ताहरूका लागि नयाँ टिभिएस रेडर लगायत पुरस्कारहरू जित्ने मौका रहेको दराजले जनाएको छ । उक्त कार्यक्रम विशेष रूपमा दराज एपको नयाँ दराज लाइभ फिचर मार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
लाइभस्ट्रिमिङ विगत केही वर्षहरूमा निकै लोकप्रिय हुँदै गइरहेको छ । यसको मुख्य कारण भने कोभिड महामारीमा धेरै ब्रान्ड, बिक्रेता, व्यवसाय र उपभोक्ताहरूले व्यापार, संलग्नता, र मनोरन्जनको नयाँ तरिकाको खोजीमा आफ्नो ऊर्जा अनलाइन सारे । र, यसरी नै लाइभस्ट्रिमिङ अहिले आफैंमा एक ठूलो उद्योग भएको छ । चीनको लाइभस्ट्रिमिङ उद्योग मात्र करिब ५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ र विश्वव्यापी रूपमा लाइभ स्ट्रिमिङ उद्योग २०२७ सम्ममा १८४.३ अर्ब अमेरिकी डलर हुने अपेक्षा गरिएको दराजले जनाएको छ ।
दराज लाइभ मार्फत, दराजले दक्षिण पूर्व एशियाको अग्रणी ई-कमर्स प्लेटफर्म लजाडाले सुरु गरेको ल्याज लाइभको सफलतालाई दोहोर्याउने लक्ष्य राखेको छ । अप्रिल २०२० मा, ल्याज लाइभले २७ लाख भन्दा बढी नयाँ प्रयोगकर्ताहरू प्राप्त गर्यो र त्यसपश्चात उक्त क्षेत्रको बिक्रेता, व्यवसाय र उपभोक्ताहरूको संलग्नता र मनोरन्जनको सबैभन्दा मनपर्ने मञ्च भएको दराजले जनाएको छ ।