रियलमी १२ प्रो+ आकर्षक अफरसहित दराजमा प्रि–बुकिङको लागि उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्रिम बुकिङको लागि उपलब्ध भएको छ । ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको रियलमी १२ प्रो+ मा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

रियलमी १२ प्रो+को हरेक खरिदमा तथा निःशूल्क डेलिभरीसहित निःशूल्क टी १०० इयरबड प्राप्त गर्न सकिनेछ । साथै दराजबाट खरिद गर्ने ग्राहकहरुले १,००० रूपैयाँको छुट भाउचर पनि प्राप्त गर्नेछन् । यो वाहेक ग्लोबल आईएमई बैंकबाट अनलाईन भुक्तानी गर्ने ग्राहकहरुले ७५० रूपैयाँको अतिरिक्त छुट पाउने व्यवस्था छ ।

यो अफर जेष्ठ १९ देखि जेष्ठ २३ सम्म मात्र लागू हुनेछ । क्वाल्कम स्न्यापड्रागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम ओक्टा सीपीयूमा सञ्चालित रियलमी १२ प्रो+ मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥याम सँग ५१२ जिबीको आन्तरिक स्टोरेज हुन्छ जुन आवश्यक्ता अनुसार २४ जिबीसम्म थप्न पनि सकिन्छ ।

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो +को बहुमुखी क्यामेरा अति उपयोगी हुन्छ । ६४ मेगा पिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभि६४बी सेन्सर र ओआईएक्स, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामेरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एंगल क्यामेरा र ३२ मेगा पिक्सेलको सोनि आईएमएक्स५ सेल्फी क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो+ मा उपलब्ध छ ।

यी अत्याधुनिक क्यामेराहरुले प्रयोगकर्ताहरुलाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ जस्ता फिचरहरु प्रदान गर्दछ । १६१.४७ मिलिमिटरको लम्बाई, ७४.०२ मिलिमिटरको चौडाई र ८.७५ मिलिमटरको उचाई रहेको रियलमी १२ प्रो+ स्मार्टफोनको तौल करिब १९६ ग्राम रहेको छ । रियलमी १२ प्रो+ को प्याकेजमा ६७ वाटको सुपरभोक चार्जीङ एडप्टर, एउटा टाईप सी यूएसबी केबल, वारेन्टि कार्ड, सेफ्टी गाईड, क्विक गाईड, सिम इन्जेक्टर पिन, सेफ्टी बक्स, स्क्रिन प्रोटेक्टर राखिएको छ ।

रियलमी १२ प्रो+ १२ जिबी ¥याम + २५६ जिबी स्टोरेजको भेरियन्ट नेपालमा उपलब्ध छ । दराजमा सबमरिन ब्लू र एक्सप्लोरर रेड रंगमा उपलब्ध रियलमी १२ प्रो+ को मुल्य ५०,९९९ रूपैयाँ राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स