काठमाडौं । १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले १३ वटा सार्वजनिक निकायहरूको सिफारिसमा १८ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।
कार्यालयले चारवटा कम्पनीलाई तीन वर्ष, तीनवटा कम्पनीलाई दुई वर्ष, दुईवटा कम्पनीलाई डेढ वर्ष र नौ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा समावेश गरेको छ ।
कालोसूचीमा समावेश भएको अवधिभर कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने प्रावधान रहेको छ ।