सिन्धुलीमा बस दुर्घटना हुँदा बैंकका कर्मचारी सवार बस दुर्घटना

काठमाडौं । बैंकका कर्मचारी सवार बस दुर्घटना भएको छ । बिहीबार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा दुर्घटनामा परेको बसमा बैंकका २५ जना कर्मचारी घाइते भएका छन् ।

ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बागमती प्रदेश ०१० प ०१ – १७३२ नम्बरको पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो। बस सडकबाट ३० मिटर खसेको थियो।

बस महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै थियो। दुर्घटनामा केही गम्भीर घाइतेलाई खुर्कोटस्थित अस्पतालमा र केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरू बर्दिवासमा तालिममा सहभागी भएर फर्किंदै थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स