यी हु्न् बजेटको मुख्य १० आकर्षण

काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेट १८ खर्ब ६० अर्बको प्रस्तुत भएको छ । अर्थमन्त्रीले वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेटमा केहि नयाँ कार्यक्रम थप गर्ने प्रयत्न गरेका छन् । भने केहि ठूला परियोजनाको सुरुवात गर्ने चेष्टा समेत गरेका छन् ।

तर  प्रभावकारी कार्यक्रमको भने कमी देखिएको हो ।
मुख्य कार्यक्रमहरु
१. ६ प्रतिशतको आर्थिक वृद्धि
सरकारले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फितिलाई ५ ५ प्रतिशतमा रोक्ने लक्ष्य छ ।

२. प्रधानमन्त्री जोडिएको कार्यक्रममा कमजोर बजेट
सरकारले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’ का लागि १० करोड विनियोजन गरेको छ । ‘युवा महिला राष्ट्रिय महिला’ कार्यक्रम आयोजना अघि सार्ने बजेट वक्तव्यमा उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई एक अर्ब ६0 करोड रकम विनियोजन गरिएको छ । त्यस्तै महिलाद्वारा उत्पादित सामग्रीको व्यावसायिक प्रोत्साहनका लागि चोभारमा बिक्री केन्द्र बनाइने, दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको हवाई उद्धार कार्यक्रम रहेको राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई निरन्तरता दिइने, महिला सशक्तीकरणका लागि राष्ट्रपति उद्यमी पुरस्कार घोषणा गरिने र खेलकुदमा महिला सहभागिता बढाइने बजेट वक्तव्यमा उल्लेख छ ।

३. सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक
सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

४. गाँजाको व्यवसायिक खेती गरिने
सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१्/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको बताए । औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका जरुरी रहेकाले व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए ।

५. विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने
सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

६. निकासी मूल्यको सीमा अमेरिकी डलर २५ हजार
सरकारले निकासीकर्ताले विदेशी मुद्रा प्राप्तिको कागजात तत्काल पेस गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेस गर्ने शर्तमा निकासी गर्न सकिने भएको छ । सरकारले यसमा निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार पुर्‍याएको छ ।

७. भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना
सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । अर्थमन्त्रीले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताए ।

८. राजस्वको लक्ष्य नबढाइएको
सरकारले चालु आवमा स्रोत व्यवस्थापनको लागि १२ खर्ब ६० अर्ब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले गत आवको भन्दा १२ अर्ब मात्रै राजस्व बढाएर बजेटको लागि स्रोत व्यवस्था गरेको हो ।

अर्थतन्त्र चलायमान हुन नसक्दा सरकार डराएका कारण राजस्व लक्ष्य खासै बढाउन नसकेको हो । अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसदको दुबै सदनमा प्रस्तुत गरेको बजेटमा गत आवको भन्दा करिब १२ अर्ब रुपैयाँले मात्रै राजस्व बढेको छ ।
सरकारले चालु आवको लागि १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

९.वैदेशकि रोजगारीमा जानेलाई ऋण
सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ऋण उपलब्ध गराउने कार्यक्रम् बजेटमा मिावशे भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ /८२ बजेटबाट ऋण उपलब्ध गराउने बताएका हुन् । मन्त्री पुनले ससंदको दुबै सदनमा बजेट पेश गर्दै विप्रेषण पठाउने सुनिस्चितताको आधारमा बिनाधितो ऋण दिने बताएका हुन् ।

१०.सहकारीमा नयाँ नियामक
सहकारी समस्या समाधान गर्न नयाँ नियामकको अवधारणा बजेटमा समावेश गरिएको छ । त्यसका साथै सहकारीको हालको समस्या समाधानको विषयमा समेत बोलेको छ सहकारी मर्जरदेखि संचालकबाट ५ लाख रुपैयाँ भुक्तानी दिने विषय समावेश गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स